काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियालाई आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर ताकेता गरिएको छ ।
५ करोडभन्दा बढी घुस लिएको आरोप लागेपछि मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पत्र लेखेर ५ बजेभित्र मन्त्रालय हाजिर हुन निर्देशन दिएका छन् ।१
डा. चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको छ ।