काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले देखीने गरी स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन्। खापुङले स्वास्थ्य सम्बन्धि जनताले बुझ्ने के काम गरेको छ ? भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई प्रश्न गरेका हुन् ।
उनले भने, ‘परीषद्को कर्मचारी प्रशासन सम्बन्धी विनीयमावली ४ वर्षदेखि अलमलिएको छ। यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान दिन पर्यत्न गर्छौ।’ मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धान आम नागरिकसंग पनि जोडिएको बताए।
त्यस्तै, स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिएको बताए । ‘परिषद्ले स्वास्थ्य अनुसन्धानका विभिन्न विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र अनुसन्धान संस्कृतिको प्रवद्र्धन तथा नवीनतम ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ ।’
परीषद्लाई संघीय संरचना बमोजिम सञ्चालन गर्नुपर्ने उनले बताए। परिषद् अध्यक्ष प्राडा गेहनाथ वरालको अध्यक्षतामा भएको कार्यक्रममा परीषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले परीषद्ले हालसम्म गरेका गतिविधि र परिषद्को संरचना बारे जानकारी दिएका थिए।