काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले वीर अस्पतालले बढीभन्दा बढी जनतालाई सेवा दिनेछ भन्नेमा दृढ विश्वास भएको बताएका छन्।
उनले अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको समेत बताए । बिहिबार अस्पतालको १ सय ३३औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील रहेको हुँदा अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील छ। वीर अस्पतालले बढीभन्दा बढी जनतालाई सेवा दिनेछ भन्नेमा दृढ विश्वास लिएको छु। सरकारले पनि यसमा सक्दो सहयोग गर्नेछ, ‘उनले भने।
प्रधानमन्त्री देउवाले वीर अस्पतालको विस्तारित सेवाका लागि भक्तपुरको दुवाकोटमा रहेको भवन निर्माणको कामलाई तत्काल अघि बढाउन निर्देशन समेत दिएका छन् ।
सर्जिकल भवनको सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न पनि आवश्यक जनशक्तिको व्यवस्था गर्न उनको निर्देशन छ। भूकम्प र कोरोना जस्तो महामारीमा वीर अस्पतालले उल्लेखनीय काम गरेको भन्दै उनले प्रशंसा गरेका छन्।
गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुर्गममा पनि स्वास्थ्य सेवा पु(याउन सरकार प्रयत्नशील रहेको बताएका छन्।अस्पतालले क्यान्सर लगायतका घातक रोग उपचार सेवामा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ।