एजेन्सी । शाकाहारी आहारको सेवन गर्ने मानिसहरूको हड्डीहरू कमजोर हुने अध्ययनले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयबाट गरेको अनुसन्धानअनुसार शाकाहारी आहारको मात्र सेवन गर्ने मानिसहरूको हड्डीहरू कमजोर हुनुको साथै फ्राक्चरको खतरा बढी हुुन्छ ।
मासु खानेहरूको तुलनामा, शाकाहारी डाइट खाने मानिसमा क्याल्सियम र प्रोटिनको स्तर कम हुन्छ । परिणामस्वरूप, हड्डी कमजोर भएर फ्राक्चर हुने खतरा ४३ प्रतिशत बढी हुन्छ । शाकाहारी (भेगन) आहारमा मासु तथा अण्डा मात्र नभइ तर दुध, दही, घिउ, चिज जस्तो दुग्धजन्य पदार्थ खानलाई समेत निषेध गरिएको हुन्छ ।
धेरै मानिसहरू मह पनि सेवन गर्दैनन् । भेगन आहारमा अनाज, तरकारी, फलफूल, ड्राईफ्रुट्स जस्ता केवल बोटबिरुवाबाट प्राप्त चिजहरू खान्छन् । बीएमसी जर्नलमा प्रकाशित अनुसन्धानअनुसार १० वर्षसम्म एक हजार शाकाहारी आहार लिने व्यक्तिहरूमा अनुसन्धान गरिएको थियो ।
अध्ययनमा समावेश भएका एक हजार जनामध्ये २० जनामा हिप, खुट्टाको हड्डी र पछाडिको हड्डीमा गम्भीर फ्र्याक्चर भएको अनुसन्धानले देखाएको छ । डाइट विशेषज्ञ र अनुसन्धानकर्ता टेमी टोङका अनुसार हिप फ्राक्चर हुने घटना मासु खानेको तुलनामा शाकाहारी खाना खानेहरूमा २.३ गुणा बढी हुन्छ ।