काठमाडौं । नेपाल औषधि लिमिटेडले हेमोडायलाइसिसका क्रममा प्रयोग हुने औषधि साउनको अन्तिमदेखी बजारमा ल्याउने भएको छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यही साउनको अन्तिमदेखि हेमोडायलाइसिसका क्रममा प्रयोग हुने औषधि बजारमा ल्याउँदैछ।
हेमोडायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीका लागि प्रयोग हुने पाउडर र लिक्विड (तरल) गरी दुई किसिमको औषधि उत्पादन गर्ने तयारी भएको लिमिटेडले जनाएको छ। यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले असार २२ गते हेमोलायलाइसिस शाखाको उद्घाटन गरेका थिए।
लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहका अनुसार औषधि उत्पादनको लागि आवश्यक पर्ने सबै उपकरण आइसकेको र त्यसको जडानको कार्य भइरहेको छ ।