काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको सशुल्क तर्फका सिटहररूमा म्याचिङ हुने विद्यार्थीहरूको पूर्वमनोनयन गरेको सूची प्रकाशन गरेको छ।
आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रमको आधारमा चिकित्सा शिक्षा तर्फ स्नातक तहको सूची प्रकाशन गरेको हो। आयोगले सूचीमा परेका विद्यार्थीहरुले अब शिक्षण संस्था र शैक्षिक कार्यक्रममा सशुल्क अध्ययनका लागि सहमति जनाउन सक्ने छन् ।