काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको सल्लाहकारमा होमियोप्याथी एसोशियसनका अध्यक्ष डा. खगेन्द्र कटुवाल नियुक्त भएका छन्। शुक्रबार स्वास्थ्यमन्त्री खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै डा. कटुवाललाई सल्लाहकारमा नियुक्त गरेका हुन्।
यस्तै, स्वास्थ्यमन्त्रीले प्रेस सल्लाहकारमा केदारप्रसाद गौतमलाई नियुक्त गरेका छन् । तेह्रथुमका डा. कटुवाल धनकुटामा होमियोप्याथीक अस्पताल चलाउँदै आएका छन्।