सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
पछिल्लो दुई हप्ताको बीचमा सङ्क्रमितहरूको सङ्ख्या आठ पुगेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
संक्रमितहरु मध्य ६ जना पुरुष र २ जना महिला रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा नै उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।।