दार्चुला- दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।
लेकम गाउँपालिका-२ गराडी बस्ने ३० वर्षीया काली सार्कीको उद्दार गरिएको हो । लेकम गाउँपालिका-१ सर्मोली स्वास्थ्य चौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्मिएको तथा आमाको स्वास्थ्य अवस्था नाजुक रहेकाले सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
७०० ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उहाँले बताउनुभयो ।।