काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा सुर्य संग्रौला नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले रजिष्ट्रारमा संग्रौलालाई नियुक्त गरेका हुन् ।
उनी नेपाली कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान हुन्।प्रतिष्ठानका तत्कालिन रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले विवाद आएपछि राजनीनामा दिएका थिए। उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरेका थिए। त्यसयता रजिष्ट्रार पद रिक्त थियो।
त्यस्तै अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त भएका छन् ।