काठमाडौं । स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीउपर कडा कारबाहीको माग गरेको छ।संघले संसदको सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै यस्तो माग गरेको हो।
गुणस्तरीय सामान किन्ने निहुँमा महंगा उपकरण किनिएको भनेर ठूलो रकम सीमित व्यक्तिको स्वार्थमा दुरुपयोग भइरहेको उल्लेख गर्दै संघले स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाबाट भइरहेको स्वास्थ्य सामग्री खरिद प्रक्रियाउपर तत्काल छानबिन समिति गठन गर्न र सत्यतथ्य उजागर गर्न संघले माग गरेको हो।
‘साथै, राज्यकोषबाट हुने कुनै पनि स्वास्थ्य सामग्री खरिदलाई पारदर्शी, प्रतिस्पर्धी, गुणस्तरीय एवं मितव्ययी बनाउन आवश्यक नीति नियम तर्जुमा गर्नसमेत अनुरोध गर्दछौं,’ संघले भनेको छ।
