काठमाडौं । नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्। एपेन्डिसाइटिस भएपछि नीता काठमाडौंको मेडिसिटी अस्पतालमा भएकी हुन्।
नीताको आज (सोमबार) बिहान अप्रेसन गर्ने तयारी भइरहेको छ। मंगलबार पनि नीताको लाजिम्पाटमा हुने एक कार्यक्रममा सरिक हुने कार्यतालिका रहेको थियो। लाजिम्पाटमा भर्खरै सुरु गरिएको म्यूम ब्यूटीपार्लरको उद्घाटनमा जाने क्रममा नीता बाटोमै बिरामी परेकी थिइन।