काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एकै परिवारका चार जनाको हत्या भएको छ ।तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको हत्या भएको हो।
प्रहरीका अनुसार श्रीमान, श्रीमती र दुई छोराछोरीको हत्या भएको हो। घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरू गरेका छन्।