एजेन्सी । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् आइतबार मध्यरातसम्म ४४ हजार छ सय ८९ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।
यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९८ लाख २० हजार सात सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।
अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ । अघिल्लो दिन ७३ हजार पाँच सय ८९ जना एक दिनका सङ्क्रमित रहेका थिए ।