काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,भने १ संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा २६४ संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय ९ नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४९३४ छ।