काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना भएको छ । पिसिआर परीक्षण गराउँदा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
राईसहित उनका परिवारका सदस्य र सचिवालयका १६ जनाको सोमबार पिसिआर परीक्षण गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकामध्ये तीन जनाको रिपोर्ट पोजोटिभ आएको हो।
रिपोर्ट पोजेटिभ आउनेमा राईकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई रहेका छन् । सचिवालयका अनुसार कोरोना सङ्क्रमण यकिन भएका मुख्यमन्त्री राईसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनामुक्त नहुनजेलसम्मलाई राईले भेटघाटलगायत सबै कार्यक्रम स्थगित गरेको सचिवालयले जनाएको छ।