काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,भने कुनै संक्रमितको मृत्यु भएको छैन । सोही अवधिमा २९९ संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४ सय १५ नमुना परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५१४४ छ।