काठमाडौं । नेपालका १९ विद्यार्थीले पाकिस्तान सरकारको छात्रवृत्तिमा पढ्न पाउने भएका छन् ।
चिकित्सा शिक्षा आयोगले मङ्गलबार प्रकाशन गरेकाे सूचनाअनुसार एमबिबिएस, बिडिएस र डिप्लोमा इन फार्मेसी ३ विधामा १९ जनाले पाकिस्तान सरकारकाे छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका हुन् ।