काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने कुनै संक्रमितको मृत्यु भएको छैन । सोही अवधिमा थप ३०१ संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५४३३ छ।