काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाको भारतको नयाँदिल्लीमा उपचार सुरु भएको छ ।
तीनदिन अघिदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनको नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि नयाँ दिल्ली गएकी थिइन् ।
तीन दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थाका बारेमा थप जानकारी प्राप्त हुन नसके पनि उनी केही दिन अस्पतालमै रहने बताइएको छ। नेतृ कोइराला क्यान्सर रोगबाट पीडित थिइन् ।