काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने एक संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप ३२४ संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय २६ नमुना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५६०२ छ।