काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बिमाको दायरा बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनले स्वास्थ्यमन्त्री पर्शुराम खापुङलाई आज (बिहीबार) भेटेर बिमाको दायरा बढाउन माग गरेका हुन् ।स्वास्थ्य बिमाको दायरा कम्तीमा १० लाख बनाउन उनले आग्रह गरेका छन्। महामन्त्री थापाले स्वास्थ्य सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति–पूर्वाधार व्यवस्थापनका लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयनलगायत विषय मन्त्रीसमक्ष राखेको बुझिएको छ ।
महामन्त्री थापाले उठाएका विषयमा मन्त्रीले सकारात्मक पहल गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । थापाले आफू स्वास्थ्यमन्त्री हँदा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेका हुन्।
लक्ष्यअनुसार स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको, गुणस्तर खस्केकोलगायत आवाज उठिरहेका बेला महामन्त्री थापाले स्वास्थ्यमन्त्रीलाई भेटेर स्वास्थ्य बिमा कार्यक्रम थप प्रभावकारी बनाउन भनेका हुन् ।