सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार बिहीबार मात्र अस्पतालमा भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या देखिए पनि परीक्षणका क्रममा उनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएपछि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक संक्रमितको मृत्यु भएको भएपनि पुरुषमा संक्रमण नयाँ हो कि पुरानो हो भन्ने खुल्न सकेको छैन।