काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने एक संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप ३७० संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९१ नमुना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५७६० छ।