काठमाडौं । कोभिड १९ महामारी तथा मंकीपक्सको वर्तमान अवस्था र तयारी सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य पत्रकार मञ्चको आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विश्व स्वास्थ्य संगठनले गत महिना मङकीपक्स अन्तर्राष्ट्रिय चिन्ताको जनस्वास्थ्य संकटकाल भएको घोषणा गरेको थियो। डब्ल्यूएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकटकाल एक असाधारण घटनाको रूपमा परिभाषित गर्दछ।
मङकीपक्स अहिलेसम्म विश्वका ८० भन्दा धेरै देशमा फैलिइसकेको छ। नेपालमा मंकीपक्स भित्रिएमा त्यसको पूर्व तयारीका लागि विश्व स्वास्थ्य संगठनले नेपाललाई मंकीपक्स परीक्षण किट प्रदान गरिसकेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरुले उक्त कार्यक्रममा बताएका थिए । विश्वभर हालसम्म मंकीपक्सका २४ हजार बिरामी रहेका छन् । भने एसियमा मात्रै मंकीपक्सका ११ जना रिपोर्ट भएका छन् । मंकीपक्स संक्रमणबाट भारतमा एक जनाको मृत्यु समेत भइसकेको थियो ।
त्यसलाई नियन्त्रण गर्नका लागि नेपाल पूर्व तयारीको अवस्थामा रहेको इडिसिडीका डा.खगेश्वर गेलालले बताए । मंकीपक्सका ७ हजारभन्दा बढी बिरामी भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ। अमेरिकामा यो रोगका बिरामीको संख्या ७ हजार १ सय पुगेको छ। यसअघि विभिन्न राज्य र सहरहरुले मंकीपक्स संकटकाल घोषणा गरे पनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन।
स्वास्थ्य र मानव सेवा विभागसँगको छलफलको समयमा यो घोषणा गरिएको हो । प्रकोपलाई सम्हाल्ने सन्दर्भमा बाइडेन प्रशासनको आलोचना भइरहेको र सरकारलाई ढिलाइ नगरी राष्ट्रिय संकटकाल घोषणा गर्न आह्वान गरेपछि बाइडेन प्रशासनले संकटकाल घोषणा गरेको हो।
अमेरिकामा मेको मध्यमा मंकीपक्सको पहिलो संक्रमण पत्ता लागेको थियो। मोन्टाना र वायोमिङ बाहेक सबै राज्यमा संक्रमण पहिचान गरिएको छ।