काठमाडौं ।चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले सरकारसमक्ष आफ्ना माग राख्दै अन्यथा भदौ १२ बाट अनशन बस्ने चेतावनी दिएका छन्। उनले सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको शय्या संख्या अनुसार बढाउन माग गरेका छन्।
डा केसीले शनिबार धरानबाट एक प्रेस विज्ञप्ति जारी गरी तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी शय्यामा चलिरहेका सरकारी अस्पतालहरुको दरबन्दी बढाउन माग गरेका हुन्। योसहित डा केसीले ६ बुँदे माग अघि सारेका छन्। आफूले उठाएको माग पूरा नभएर भदौ १२ गतेबाट अनसन बस्ने डा केसीको चेतावनी छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुके स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्ड सहित ऐनको व्यवस्था गर्नुपर्ने डा केसीको माग छ।