काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादर खड्का अस्वस्थ भएका छन् । लगातारको खोकी र ज्वरोपश्चात् उनी अस्वस्थ भएका हुन् । खड्का चिकित्सकको परामर्शमा आज बिहानदेखि होम आइसोलेसनमा बसेका छन्।
केही दिनका लागि उनीसँगको भेटघाट बन्द गरिएको उपसभापति खड्काका स्वकीय सचिव गौतम बिसीले बताएका छन्।