काठमाडौं । कोरोना संक्रमणका कारण तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका विद्यालयहरु चार दिनका लाागि बन्द गरिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै पछिल्लो समय कोरोना भाइरसका कारण विद्यार्थी र शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर परेकाले चार दिनका लागि विद्यालय बन्द गरिएको जनाएको छ।
गाउँपालिकाले भोलि २३ गते सोमबारदेखि आगामी २६ गते बिहीबारसम्मका लागि पठनपाठन स्थगन गरेको जनाएको छ। गाउँपालिकाले त्यस क्षेत्र भित्रका सबै विद्यालयलाई भौतिक रुपमा अध्यापन नगराउन सचेत गराएको छ।