काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ६३ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)का लागि आवेदन खुलाएको छ। परीक्षा असोज ६ देखि ८ गतेसम्म हुँदैछ।
लाइसेन्स परीक्षाका लागि आज मंगलबारबाट अनलाईन आवेदन खुल्ला गरिएको छ। आवेदन भदौ २२ गतेसम्म बुझाउनु पर्ने काउन्सिले जनाएको छ। बिलम्ब शुल्क तिरेर भदौ २३ र २४ पनि आवेदन फारम भर्न सकिनेछ।