काठमाडौं । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशक देखि सफल नेतृत्व प्रदान गर्दे आएकी अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन्।
उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्यावारिधिको उपाधि दिइएको हो । उनले प्रोफेशनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजम्यान्ट उपाधि पाएकी हुन् ।
अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान गरेको मूल्याङ्कन गर्दै फ्रान्सको पेरिसस्थित केन्द्रीय कार्यालय रहेको युरोपेली अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधिको उपाधि तथा विश्वव्यापी नेतृत्व सम्मान (प्रोफेशनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजमेन्ट एण्ड ग्लोबल लिडरसिप अवार्ड २०२२) बाट सम्मानित भएकी हुन् ।

यो उपाधि हरेक वर्ष विभिन्न देशका समाजमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ ।नेपालको स्वास्थ्य क्षेत्रमा अनिशाको योगदानलाई उच्च कदर गर्दे यो उपाधी प्रदान गरिएको हो । उपाधी ग्रहण पछि संक्ष्प्ति भनाई राख्दै कार्यकारी निर्देशक विष्टले यो उपाधी आफनो मात्र नभई सम्पुर्ण स्वास्थ्य क्षेत्रको सम्मानको रुपमा लिएको र स्वास्थ्य क्षेत्रमा थप योगदान गर्न हौसला मिलेको बताईन्।

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलकी कार्यकारी निर्देशक विष्टले लामो समयदेखि अस्पताल व्यवस्थापनमा योगदान गर्दै आएकी छन् । केही समयअघि युरोपको प्रतिष्ठित युरोपियन इन्टरनेशनल युनिभर्सिटीबाट ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्टमा प्रोफेस्नल डक्टरल उपाधिका लागि अनिशा नेपालबाट छनोट भएकी थिइन । युरोपेली अन्तर्राष्ट्रिय विश्वविद्यालयको जसको मुख्य कलेज फ्रान्सको प्यारिसमा छ ।