काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने दुई संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप ४३८ संक्रमित संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३०० नमुना परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५८०६ छ।