काठमाडौ । एमाले सांसद एवं पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नका लागि सरकार समक्ष माग राखेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद अधिकारीले स्वास्थ्य बिमालाई जनपक्षीय रुपमा सञ्चालनका लागि रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष माग गरेका हुन्।
उनले स्वास्थ्य बिमा समाजवादउन्मुख एकमात्र कार्यक्रम रहेको उल्लेख गर्दै सरकारले यसलाई ‘कोल्याप्स’ गर्न खोजेको पनि आरोप लगाए। उनले सरकारले स्वास्थ्य बिमामा समावेश भएका अपांगता, ज्येष्ठ नागरिक, एचआइभी संक्रमितलाई अलपत्र पार्न लागेको टिप्पणी गरे।
अधिकारीले सरकारी तथा निजी स्वास्थ्य संस्थासमेतलाई बिमा ऐनअन्तर्गत सुविधा दिनेगरी समेट्न पनि माग गरे।