काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी डा सञ्जय ठाकुरलाई दिइएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक ठाकुरलाई समन्वय महाशाखा प्रमुख बनाइएको हो। केन्द्रमा भने डा रिता भण्डारी जोशीलाई पठाइएको छ।
यस्तै, डा विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौडा पठाइएको छ भने केन्द्रका प्रमुख डा केशव पण्डितलाई मन्त्रालय तानिएको छ।
कान्ति बाल अस्पतालमा कार्यरत भवनाथ खतिवडालाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ। उनको स्थानमा सूर्यप्रसाद गौतमलाई सरुवा गरिएको छ। फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश नम्बर एक पठाइएको छ।