ललितपुर । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ । अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधाको लागि अप्ठयारो परेको छ ।
राम्रो भवन नभएकाले दिइनुपर्ने जति उपचार सेवा दिन सकिरहेका छैनाैँ, अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले भने । उनले ‘हामीले व्यवस्थित भौतिक संरचना अभावका कारण कयौँ उपचार सेवा सुरुआतनै गर्न पाएनाैँ । भवन राम्रो भए प्रसूति तर्फ शल्यक्रियाको सेवा दिने थियौँ ।’ हालसम्म सो अस्पतालले शल्यक्रियारहित प्रसूति सेवा दिँदै आइरहेको दर्नालले जानकारी गराए ।
‘आधुनिक भवन बनाउन सरकारसँग दश करोड मागेकोमा दुई करोड पाउने आश्वासन पाएका छौं । । सो रकम भएपनि शल्यक्रिया सेवा दिन सक्थ्यौँ’ उनको भनाइ छ ।रासस