काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, भने ३ कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ७ जनाको नमुनाको परीक्षण हुँदा ८६८ संक्रमित थपिएका छन् । त्यस्तै सोही अवधिमा ४१४ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ रहेको छ ।