काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेश मातहतका विभिन्न अस्पतालका लागि स्वास्थ्यकर्मी तथा प्राविधिक पदमा आवेदन आव्हान गरेको छ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अधिकृत, अस्पताल व्यवस्थापन अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन, रेडियोग्राफर र फार्मेसी सहायकगरी १५६ पदमा आवेदन मागेको हो।
दरखास्त दिने अन्तिम मिति भदौ १ गतेसम्म तोकिएको छ।
.png)