काठमाडौं । भारतको नयाँदिल्लीमा कोरोना संक्रमण बढेपछि विगतमा जस्तै प्रतिबन्ध लगाउन थालिएको छ।
कोरोना बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको छ भने मास्क नलगाउनेलाई ५ सय रुपैयाँ जरिवाना तोकिएको छ। निजी कारमा रहनेहरुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ।
दिल्लीमा पछिल्लो २४ घण्टामा २१४६ संक्रमित भेटिएका थिए भने ८ जनाको मृत्यु भएको छ। यो गत १८० दिनकै सबैभन्दा धेरै हो। यसअघि १३ फेब्रुअरीका दिन १२ जनाको मृत्यु भएको थियो।
दिल्लीमा मंगलबार २४९५ बिरामी भेटिएका थिए भने संक्रमण दर १५.४१ प्रतिशत थियो। उक्त दिन ६ जनाको मृत्यु भएको थियो। यसअघि २१ जनवरीमा दिल्लीमा संक्रमण दर १८.०४ प्रतिशत थियो। दिल्लीमा अगष्ट महिनामामात्र कोरोना कारण ४० जनाको मृत्यु भइसकेको छ।