काठमाडौं । सिंहदरबारमा कार्यरत सचिवहरूमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढेको छ ।
मुख्यसचिव शंकरदास बैरागीलाई गत शुक्रबार कोरोना पुष्टि भएको थियो । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई कोरोना पुष्टि भएपछि एक सातादेखि अस्पतालमा छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुकुमार मरासिनी र गृहसचिव टेकनारायण पाण्डे पनि कोरोना सङ्क्रमित भएका छन् ।