काठमाडौं । हाम्रो भान्सामा सजिलै पाइने गेडागुडी भटमास हो। यसमा माछा, मासु र फलफुलमा जत्तिकै प्रोटिन प्रशस्त पाइन्छ । भिटामिन ए पनि प्रसस्त पाइने भटमासको दाल बनाएर होस् या भुटेर खानु राम्रो हुन्छ ।
यसको नियमित सेवनले स्वास्थ्यलाई फाइदा गर्छ । यसमा अत्यधिक प्रोटीन पाइने हुनाले यसको सेवन हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ । भटमास केही बिरामीको लागि फाइदाजनक हुन्छ भने केहीको लागि बिष पनि बन्न सक्छ ।
यस्ता व्यक्तिले भटमास खानु राम्रो
शरीरलाई फिट राख्न चाहने मानिसहरुको शरिरलाई प्रोटीन चाहिने हुनाले भटमासको सेवन गर्नु राम्रो हुन्छ । यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमास प्रयोग गर्नु राम्रो हुन्छ । भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ। यस्तै थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुनेले पनि भटमास सेवन गर्नु राम्रो हुन्छ ।
यस्ता व्यक्तिले भटमास खानुहुँदैन
केहि रोगका बिरामीका लागि भने भटमास त्यति लाभदायक मानिदैन । यदि तपाइलाई छालाको समस्या छ भने भटमास नखानुहोस् । यस्तो समस्या हुँदा भटमास खाएमा छाला झन चिलाउने हुन्छ ।
त्यस्तै गर्भवती वा स्तनपान गराइरहेकी महिलाले पनि भटमासको सेवन गर्नुहुदैन । यस्ता महिलाले भटमास सेवन गरेमा रिंगटा हुने र दुध पिउदा शिशुमा अपच हुने समस्या हुन सक्छ । त्यस्तै मूत्राशयकोक्यान्सर र मधुमेह भएकाले पनि भटमासको सेवन गर्नुहुदैन । त्यस्तै मिर्गौला सम्बन्धी रोग भएकाले पनि भटमास सेवन गर्नुहुदैन । यस्ता समस्या भएकाले भटमास सेवन गरेमा गम्भिर समस्या झेल्नुपर्छ ।