काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारी सकुन्तला प्रजापति पाएकी छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएका हुन्।
मन्त्रीपरिषद्ले रजिष्ट्रार नियुक्तको निर्णय नगरेकोले निमित्त रजिष्ट्रार तोकिएको हो। यसअघिकी रजिष्ट्रार ब्रिन्दा घिमिरेको ४ वर्षे पदावधि यही साउन २० गते सकिएको थियो।
घिमिरेको ४ वर्षे पदावधि सकीएपछि काउन्सिलका कामहरु प्रभावित भएका थिए। काउन्सिल अस्थायी प्रमाणपत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरूलाई जारी गर्ने प्रमाणपत्र, नवीकरण, प्रतिलिपि, प्रमाणीकरण आदिको सेवाहरु काउन्सिलले साउन २२ गतेदेखि रोकेको थियो।