काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, भने १ कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको नमुनाको परीक्षण हुँदा ८८८ संक्रमित थपिएका छन् । त्यस्तै सोही अवधिमा ४७४ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ ।