काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पछिल्लो पटक उनी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । यसअघि स्तन क्यान्सरबाट पीडित उनी शल्यक्रियापछि पूर्ण रुपमा निको भएकी थिइन् ।उनका ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ लगायत गीत रुचाइएका छन्।