एजेन्सी । बेलायत सरकारले कोरोना भाइरसको ओमिक्रोन स्वरुपविरुद्धको खोपलाई अनुमति दिएको छ ।
खोप उत्पादक कम्पनी मोडर्नाले बनाएको उक्त खोप अन्य खोप जस्तै लगाउन सकिने बताएको छ । यो खोप कुन उमेर समूहलाई लगाउन मिल्छ भन्ने विषयमा सार्वजनिक गरिएको छैन ।
यसअघि वुहानमा फेला परेको कोरोना भाइरसविरुद्ध विभिन्न खोप विकास गरिएपनि बदलिदो स्वरुपविरुद्ध यो पहिलो खोप विकास गरिएको हो । खोपको नाम पनि अहिले खुलाइएको छैन ।