काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ । प्रतिष्ठानले स्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोड घाटामा रहेको जनाएको छ।
साउन महिनाको शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको नियमित तलब भत्ता, अन्य सञ्चालन खर्च र विगतको दायित्व गरी कुल १ अर्ब ४१ करोड बराबर ऋण रहेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार कोभिड–१९ को प्रभावले बिरामीको चाप घटेको एक शैक्षिक सत्रको विद्यार्थी भर्ना नै हुन नसकेको र २ वर्ष देखि प्रतिष्ठानको आम्दानी १ अर्ब भन्दा बढीले घटेको छ।
यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ७१ करोड ४४ लाख प्रतिष्ठानको आम्दानी भएतापनि सञ्चालन खर्च ३ अर्ब १२ करोड ४४ लाख पुगेको श्वेत पत्रमा उल्लेख छ ।