काठमाडौं । ओम समाज डेन्टल हस्पिटलले Zygomatic Implant Surgery सेवा सुरु गरेको छ ।ओम समाज डेन्टल हस्पिटलमा कार्यरत तीन जना ओरल एण्ड म्याकजिलोफ़ेसिएल् सर्जनहरुको टीमले यो सेवा संचालनमा ल्याएको हो ।
अन्तराष्ट्रिय स्तरमा केहि बर्षअघि यो विधी धेरै प्रयोगमा आएता पनि नेपालमा ओम समाज डेन्टल हस्पिटल अग्र स्थानमा रहेको छ । यो विधी अनुसार दाँत रोप्दा गालाको हड्डीको सहयोगमा दाँत रोपिने,तथा सामान्यतया दाँतलाई नचलाईकन हाडमै रोपिने (प्रत्यारोपण) गर्दा हड्डीको समस्या,जबडा को समस्या भएर दाँत प्रत्यारोपण गर्ने नमिलेका बिरामीले दुई,तिन घण्टाको समयमा यो बिधिद्वारा सजिलै रोप्न सकिने डा.घिमिरेले बताएका छन् ।
दाँत नभएका को लागि दाँत राख्ने धेरै प्रकारका विधीहरु छन तर पनि प्रत्यारोपण गरि कृतिम दाँत राख्न खोज्ने तर दाँत रोप्ने हड्डी खीइएका वा कमजोर भएका व्यक्तिका लागी यो बिधि एक दमै राम्रो विधी मानिएको छ ।
ओरल एण्ड म्याजिलोफ़ेसिएल् सर्जनहरुको टीममा डा.सुबास घिमिरे,डा. कुशल बिम्व तथा डा.सुरेन्द्र आचार्य रहेका थिए।