काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना मुक्त भएका छन् । मङ्गलबारको पिसिआर रिपोर्ट नेगेटिभ देखिएपछि उनी कोभिड मुक्त भएको उनको सचिवालयले जनाएको छ । नेपाल केही समय कोटेश्वरस्थित घरमै आराम गर्ने समेत बताइएको छ।
सामान्य ज्वरो देखिएपछि साउन २५ गते उहाँको पिसिआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजिटिभ आएलगत्तै उनी स्वास्थ्य सतर्कता अपनाउँदै घरमै बसेका थिए ।