काठमाडौं । चिकित्सा शिक्षा आयोगले उच्च शिक्षा अध्यापनका शिक्षकको मापदण्ड तोकेको छ।
चिकित्सा शिक्षाको उच्च शिक्षा अध्यापनका शिक्षकको मापदण्डका लागि कार्यविधिलाई आयोगको कार्यकारी समितिले गत साउन २४ गते स्वीकृत गरेको थियो। गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न उच्च शिक्षा तहका शिक्षकको ९फ्याकल्टी० न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ कार्यविधि जारी गरिएको आयोगले जनाएको छ
कार्यविधिअनुसार विश्वविद्यालय वा प्रतिष्ठान वा शिक्षण संस्था अन्तर्गत मेडिकल र डेन्टलतर्फको शिक्षक (फ्याकल्टी) हुनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने मापदण्ड कार्यविधिमा तोकिएको छ। शिक्षकका लागि उमेर हद ७० वर्ष तोकिएको छ।
डेन्टल बाहेकका विषयका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा विद्यावारिधि वा सो सरह उपाधि प्राप्त गरेको हुनुपर्ने छ। तर नर्सिङ विधाका शिक्षकका लागि विद्यावारिधि अनिवार्य हुने छैन।