धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ ले बुस्टर डोज नलगाउने नागरिकलाई वडाले दिने सेवासुबिधा नदिने निर्णय गरेको छ ।
वडाले एक सूचना जारी गर्दै बुस्टर डोज लगाउन वडाबासीलाई आग्रह पनि गरेको छ । अनिवार्यरुपमा डोज पूरा गर्न वडा सचिव दुर्गाप्रसाद कुवँरले सूचना निकालेका हुन् । सुचनामा भनिएको छ, ‘यदि अटेर गरी डोज पूरा नगरेमा वडा वाट पाउने सम्पूर्ण सेवासुबिधा रोकिने छ ।’ खोप लगाउन अटेर गर्न थालेकोले तथा तथा सतप्रतिशत खोप सुनिश्चीत गर्न यस्तो निर्णय गरिएको वडा सदश्य लक्ष्मण काफ्लेले बताए ।
वडामा करिब ३००० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिले सम्म ७० प्रतिशतले मात्र खोप लगाएको उनले बताए । खोप लगाएका ७० प्रतिशत मध्ये २० प्रतिशतले बुस्टर डोज लगाउन बाँकी रहेको मुर्तिढुङ्गा स्वास्थ्य चौकी प्रमुख निर्मला काफ्लेले जानकारी दिइन् ।