काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको नमुनाको परीक्षण हुँदा ५४२ संक्रमित थपिएका हुन् । त्यस्तै सोही अवधिमा ४२१ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २३५ रहेको छ ।