काठमाडौं । चिकित्सा शिक्षा आयोगको कार्यसमितीले अबको ५ वर्ष पछि ७० वर्ष उमेर पुगेका चिकित्सकहरुले पढ्न नपाउने नियम बनाएको छ । आयोगको कार्य समितिबाट स्वीकृत ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यता सम्बन्धि मापदण्ड २०७९’मा उक्त प्रावधान राखिएको हो ।
यसअघि भने शिक्षकको उमेर हद डेण्टल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकिएको छ ।चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ तयार पारेको हो।